You are viewing the translated version of प्रत्यर्थी झिकाउने आदेश.

Section 58
प्रत्यर्थी झिकाउने आदेश
(१) पुनरावेदन सुनवाई गर्दा शुरू निकाय वा अधिकारीले गरेको निर्णय फरक पर्नसक्ने देखिएमा त्यसको कारण खुलाई अदालतले प्रत्यर्थी झिकाउने आदेश गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा अदालतले पुनरावेदनपत्रको प्रतिलिपि साथै राखी प्रत्यर्थीको नाउँमा बाटाको म्याद बाहेक पन्ध्र दिनभित्र उपस्थित हुन अनुसूची- १७ बमोजिमको ढाँचामा म्याद जारी गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम म्याद पाएको पक्षले त्यस्तो म्यादमा उल्लिखित समयावधिभित्र पुनरावेदन जिकिर खण्डन गरी प्रतिरक्षा गर्न लिखित प्रतिवाद पेस गर्न सक्नेछ।